एकालाल श्रेष्ठ : विद्यार्थी राजनीति देखि यातायात मन्त्री सम्म

अखबार हब
२०७९ माघ ११, बुधबार १७:२४

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ बागमती प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भएका छन् ।

शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

हेटौंडाका स्थायी बासिन्दा रहेका श्रेष्ठले मकवानपुरमा विद्यार्थी राजनीति सुरु गरेर मन्त्री सम्म बनेका हुन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट निर्वाचनमा विजयी हासिल गरेका थिए ।

४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा प्रदेशसभा तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले नेपाली काँग्रेसका आनन्द पराजुलीलाई पराजित गर्दै सांसदमा विजयी भएका थिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोलमा २०२७ साल साउन १७ गते जन्मियका श्रेष्ठ बुबा–भिमलाल श्रेष्ठ र आमा चन्द्र कुमारी श्रेष्ठका सन्तान हुन् । हेटौंडाको शिद्धार्थ माविमा पढ्दै गर्दा ०४४ साल देखिनै अनेरास्ववियुबाट बिद्यार्थि राजनीति सुरु गरे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, कोषध्यक्ष, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बने ।

२०४६ सालको आन्दोलनमा विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा होमिदा एक महिना जेल समेत परेका श्रेष्ठ अनेरास्ववियुको अध्यक्ष हँुदै दुइ कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य, मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेको २०५२ देखि २०५७ सम्म काम गरेका थिए । २०४८ सालमा एमालेको पार्टी सदस्यता प्राप्त गरेका श्रेष्ठ हेटौंडा १ न . वडाको पहिलो पार्टी सदस्यसमेत बनेका थिए । २०४९ साल हेटौंडा–१ वडा पार्टी कमिटीको पहिलो अध्यक्ष समेत बने ।

२०५० सालमा नगर कमिटीको सदस्य हुदै उपसचिव भएर नेतृत्व गरेका उनले २०६१ सालमा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य भएका थिए । २०६२–०६३ को आन्दोलनमा सक्रिय रुपमा सहभागि हुँदै ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेको र आन्दोलनको अगुवाइ गर्दा पटक–पटक प्रहरीद्वारा पक्राउ समेत परेका थिए ।

२०७२ सालमा एमाले मकवानपुरको सचिव हुँदै २०७७ साल पुसमा पार्टीको जिल्ला अध्यक्ष र २०७८ साल पुसमा जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा कामगर्दै आएका छन् । उनी पार्टीमा मात्र होइन । संघसंस्थामा आवद्धतामा पनि आवद्ध छन् । नेपाल बुद्धीचाल संघमा महासचिब हुँदै केन्द्रीय अध्यक्षका रुपमा काम गरेको अनुभव र खेलकुद क्षेत्रमा राष्ट्रिय अगुवाइ गरेका छन् । अहिले एसियन चेस महासङ्घको सल्लाहकारको जिम्मेवरीमा छन् ।

मकवानपुर जिल्ला निर्माण व्यवसायी संघको महासचिव भएर काम गरेको अनुभव पनि छ । मकवानपुर उद्योग बाणिज्य संघको सल्लाहकार भएर अगुवाइ गरेको, नमूना प्रगति सहकारीको उपाध्यक्ष रहेर काम गर्दै सहकारी अभियानमा जोडिएका छन् । सामुदायिक बन उपभोक्ता समुहको अगुवाई गरेको अनुभव पनि उनी सँग छ । चौकिटोलमा नव ज्योति पुस्तकालय स्थापना र संचालन देखि बिदेश भ्रमणको अनुभवमा श्रीलंका, नर्बे, अजर्बैजान , जर्जिया, युएइ, बंगलादेश र भारतको भ्रमण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*