बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमकट्टेल नियुक्‍त

अखबार हब
२०७९ पुष २५, सोमबार १७:०९

मकवानपुर। बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्‍त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमकट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

७० प्रदेश सभा सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। बागमती प्रदेशसभामा ११० जना सांसद छन् ।

मुख्यमन्त्री जमकट्टेललाई नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ ।

विपक्षमा कांग्रेसका ३७ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद छन् । माओवादी पोलिटब्युरो सदस्य समेत रहेका जमकट्टेल अघिल्लो पटक मन्त्री प्रदेश मन्त्री थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*