राहदानी वितरण तत्कालका लागि स्थगित
काठमाडौँ । राहदानी विभागले राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ।
यही पुस १७ गतेदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको’ विभागले जनाएको छ।
विभागले मंगलबार सूचना प्रकाशित गरी ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस÷म्यासेज आएपछि मात्र विभागमा आउन’ अनुरोध गरेको छ।
साथै, नियमित रूपमा राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन पनि विभागले सूचित गरेको छ।







