मकरीमा नयाँ सरकारको दिप प्रज्वलन गरेर स्वागत

अखबार हब
२०७९ पुष ११, सोमबार २०:३६

मकवानपुर । नयाँ सरकार गठन भएको खुसियालियमा मकवानपुरको मकरीमा दिप प्रज्वलन गरेका स्वागत गरिएको छ । नयाँ गठबन्धनका समर्थकहरुले आज मनहरी गाउँपालिका वडा नम्बर १ स्थित स्कुल चोकमा नयाँ मन्त्री मन्डलको दिप प्रज्वलन गरेर स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आज तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् ।

यस्तै एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई पनि मन्त्री बनेका छन् । यस्तै जनमत पार्टीबाट अब्दुल खान मन्त्रीमा नियुक्त भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*