नेकपा एकीकृत समाजवादी सरकारमा नजाने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलबीच सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।
पछिल्लो विकसित घटनाक्रमलाई गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले पर्ख र हेरको नीति लिने बताए । हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन, उनले भने ।







