देउवाले बोलाए कांग्रेस सांसदहरूलाई बालुवाटार

अखबार हब
२०७९ पुष ९, शनिबार १२:३१

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले सांसदहरूको भेला बोलाइएको बताए।

आज मध्यान्ह १२ः३० बजेदेखि भेला सुरू हुनेछ।

नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहनेछ।

देउवा पुस ६ मा संसदीय दलको नेता निर्वाचित भएका थिए।

उनले दल नेता भएपछि पहिलो पटक सांसदहरूसँग छलफल गर्न लागेका छन्।

प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। राष्ट्रपतिले सरकार निर्माण गर्न दलहरूलाई दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ। कांग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*