अहिलेकै गठबन्धनलाई निरन्तरता दिने नेकपा एसको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको नेकपा एसको सचिवालय बैठकले अहिलेकै गठबन्धनलाई नै निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले चुनावी परिणाम भने सोचेजस्तो नआएको निष्कर्ष निकालेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । ‘चुनावी परिणाम हामीले सोचेजस्तो आएन । तर, पनि अहिलेकै गठबन्धनलाई कायम राखेर अघि बढ्ने हाम्रो निष्कर्ष छ,’ उनले भने ।
उपमहासचिव खतिवडाले चुनावअघिको गठबन्धनको भावना अनुसार नै काम गर्नुपर्ने बताए । सबै क्षेत्रको मतपरिणाम आइसकेपछि विस्तृत समीक्षा गरिने उनले बताए ।







