समानुपातिकमा कांग्रेस–एमालेले कटाए १० लाख भोट, कमल थापाको पार्टीलाई कति ?
काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन् । निर्वाचन आयोगकाअनुसार अहिलेसम्म प्रतिनिधिसभातर्फको समानुपातिकमा एमालेले सबैभन्दा धेरै १० लाख ४८ हजार १ सय ५७ मत पाएको छ ।
नेपाली कांग्रेसले १० लाख ३ हजार २ सय ९६ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ९ हजार ३ सय ५३ मतका साथ तेस्रो स्थानमा छ । त्यस्तै चौंथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ४ लाख ६३ हजार ६ सय ८१ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६५ हजार ५ सय ३७ मत पाएको छ । यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख ३० हजार ९ सय ४ मत ल्याएको छ । त्यस्तैगरी नागरिक उन्मुक्ति पार्टीले ७८ हजार ९ सय ८५ र जनमत पार्टीले ७८ हजार ३३ मत पाएको छ ।
नेकपा एकीकृत समाजवादीले ७४ हजार २ सय ७६ र नेपाल मजदुर किसान पार्टीले ५७ हजार ३ सय ६ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५५ हजार ६ सय ३८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३१ हजार ९ सय ८० मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले २९ हजार ६ सय ७१ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले २० हजार २ सय ८० मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी मालेले ११ हजार २ सय ७८, राष्ट्रिय जनमुक्ति पार्टीले ८ हजार ७ सय २२ मत पाएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले अहिलेसम्म ५ हजार २ सय ३६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।







