मतअन्तर फराकिलो पार्दै एमालेका महेश बर्तौला

अखबार हब
२०७९ मंसिर ७, बुधबार २१:३०

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले आफ्नो अग्रतालाई बढाएका छन् ।

६० हजार १ सय १४ मत गणना गर्दा उनले २३ हजार ५ सय ३२ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार विरोध खतिवडाले २१ हजार ५ सय २६ मत पाएका छन् । बर्तौला दुई हजार ७ मत अघि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ८ हजार ६ सय ५७ मत पाएका छन् ।

मुख्य निर्वाचन कार्यालय मकवानपुरका अनुसार उक्त क्षेत्रमा ८६ हजार ६ सय ५२ जनाले मतदान गरेका थिए ।

यस्तो छ, मत परिणाम :

No description available.

यसमा तपाइको मत

Your email address will not be published.


*