जित नजिक इन्द्र बानियाँ (मतपरिणामसहित)
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट विजयी हुने प्रायः निश्चित भएको छ ।
३७ हजार २२४ मतपत्र गणना गर्दा प्रदेश सभापति बानियाँ नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा भन्दा एक हजार ६ सय ६ मतले अगाडि छन् ।
अब ३ हजार ३७५ मतपत्र मात्र गणना गर्न बाँकी रहेको छ ।
सो क्षेत्रमा ४० हजार ५९९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
बानियाँले १७ हजार ३०१ मत पाउँदा थापाले १५ हजार ६९५ मत पाएका छन् ।
यस्तै राप्रपाका बद्रीबहादुर खड्काले १ हजार ८ सय ९३ पाएका छन् ।
मतपरिणाम :








