बारा १ : एमालेका मैनाली ५ हजारभन्दा बढी मतले अगाडि

अखबार हब
२०७९ मंसिर ७, बुधबार १५:५२

बारा । नेकपा एमाले मधेश प्रदेश इन्चार्ज अच्युत मैनालीले ५ हजार भन्दा मतअन्तरले अग्रता लिएका छन् ।

बारा १ बाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार मैनाली निकटतम् प्रतिस्पर्धी गठबन्धनअन्तर्गत कांग्रेसका उमाकान्त चौधरीको भन्दा ५ हजार ३२ मतले अगाडि छन् ।

४८ हजार ५ सय १५ मत गणना हुँदा मैनालीले २३ हजार १ सय २० र चौधरीले १८ हजार ४० मत पाएका छन् । भने उक्त क्षेत्रमा ८१ हजार ४ सय ८४ मत खसेको थियो । बाकी मतगणना भने जारी रहेको छ ।
चौधरी नेपाल सरकारका खानेपानी मन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा– १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका चौधरीले २ हजार ४ सय २० मतले विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*