मकवानपुर १ मा रुखको अग्रता कायमै (मत परिणामसहित)

अखबार हब
२०७९ मंसिर ७, बुधबार १३:३०

मकवानपुर । मकवानपुर १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिनाले आफ्नो अग्रता कायमै राखेकी छिन् ।

एमाले र राप्रपाका उम्मेदवारलाई पछि पार्दै रुख चुनाव चिन्हका डिना निरन्तर अघि लागिरहेकी छिन् ।

हालसम्म नेपाली काँग्रेसकी डिनाले १४ हजार २ सय ९ मत पाउँदा एमालेको चुनाव चिन्ह सुर्य लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापा ११ हजार २ सय ४४ मतहित दोस्रो र राप्रपाका उम्मेदवार दिपक

सिंह ८ हजार ५ सय ४३ मतसहित तेस्रोमा छन् । हालसम्म ३८ हजार ५ सय ५ मत गणना सकिएको छ भने उक्त क्षेत्रमा ९१ हजार ४ सय ८६ जनाले मतदान गरेका थिए ।

No photo description available.

 

यसमा तपाइको मत

Your email address will not be published.


*