१३ हजार ७ सय ७१ मतगणना गर्दा महेश बर्तौला अघि
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौलाले ३ सय ५१ मतसहित अग्रता लिएका छन् ।
हालसम्म १३ हजार ७ सय ७१ मतगणना गर्दा एमालेबाट उम्मेदवार बनेका बर्तौलाले ५ हजार ६ सय ७१ मत प्राप्त गरेको हो ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले ५ हजार ३ सय २० मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार बर्तौला र गठबन्धका उम्मेदवार खतिवडाबीच ३ सय ५१ मतान्तर देखिएको छ । यस्तै राष्ट्रीय स्वतन्त्र पार्टीका भरत पराजुली एक हजार ५ सय २६ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?








