मकवानपुर १ मा काँग्रेसकी डिना एक हजार ८ सय ८४ मतसहित अगाडी
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सह(महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले एक हजार ८ सय ८४ मतसहित अग्रता लिएकी छन् ।
हालसम्म १२ हजार ६ सय ४९ मतगणना गर्दा सत्तारुढ लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी कांग्रेसकी डिनाले ६ हजार ५८ मत प्राप्त गरेकी हुन् ।
नेकपा एमालेको सूर्य चिह्नबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ हजार १ सय ७४ मत प्राप्त गरेका छन् ।
गठबन्धनकी उम्मेदवार डिना र एमालेका कमल थापाबीच एक हजार ८ सय ८४ मतान्तर देखिएको छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले एक हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?








