मकवानपुर–१ ‘क’ मा विष्टको लोकप्रीयता बढ्दो, गठवन्धनका उम्मेद्वारमा निराशा

अखबार हब
२०७९ मंसिर १, बिहीबार २१:२४

मकवानपुर । पूर्वि मकवानपुरको हेटौँडा १६,१७,१८ नंबर वडा, मकवानपुरगढीको १,२,३,४ तथा बकैया र बागमती गाउँपालिका मिलेर निर्माण भएको प्रदेशसभा क्षेत्र ‘क’ मा यो पटक नेकपा एमालेका उम्मेद्वार कमल विष्टको लोकप्रियता बढेको पाईएको छ ।

दुईपटक तत्कालिन हटिया गाविसका अध्यक्ष भएर काम गरेका विष्टलाई त्यो बेलाकै कामको कारण अहिलेसम्म यस क्षेत्रका मतदाताले विश्वास गरेका छन् । विष्टले टिकट पाएपछि गठवन्धलाई चिन्ताको विषय बनेको थियो । हटिया गाविसको अध्यक्ष र गाविस अध्यक्षहरुको जिल्ला महासंघको अध्यक्ष हुँदा गरेको विकासको पहलकदमीको कारण विष्टप्रति आकर्षण बढेको पाईएको हो ।

भ्रष्ट्राचार बिरोधी विष्ट दुई पटक अध्यक्ष हुँदा समेत दाग नलागेका नेता भएको कारण उनीप्रति विश्वास जागेको फापरबारीका एकजना मतदाता भन्छन् । यस अघि बाम गठवन्धनमा मत दिएका उनले भने ‘यो पटक म कमल विष्टलाई मत हाल्ने सोचमा पुगेको छु, हामी फापरबारीबाट घोडामा धान र गेडागुडी बेच्न जाँदा हटियामा विष्टले गरेको विकासको कुरा सुनेको थियौँ, अहिले उहाँनै उम्मेद्वार बनेर आएको सुन्दा खुसी भएका छौँ, यो पटम म सहित मेरा सबै परिवारले विष्टलाई भोट हाल्ने निर्णय गरेका छौँ ।’

शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेको उल्लेख्य कामले विष्टलाई क्षेत्र नंबर १ मा परिचय दिएको छ । एमालेको प्रदेश तहमा रहेर काम गरिरहेका विष्ट भ्रष्ट्राचार विरुद्धका अभियान्ता समेत हुन् । भोट माग्न गएको समयमा पनि विष्टको चर्चा सुनेपछि गठवन्धनका उम्मेद्वार निराश भएको गठवन्धन निकट श्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*