विकासको अनुभुतिका लागि गठबन्धनलाई जिताउनुस : मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले जनतामा सत्ताको अनुभुति दिलाई प्रदेश सरकार छ भन्ने आभास दिलाउनको लागि गठबन्धनलाई जिताउन अनुरोध गरेकी छिन् ।
शनिबार थाहा ३ र ४ मा भएको घरदैलो कार्यक्रममा प्रदेश सरकारले गाउँगाउँसम्म बजेट लगेर विकास गरेकाले जनताले गठबन्धनका उम्मेदवारलाई जिताउने बताएकी छिन् ।
घरदैलो कार्यक्रममा मतदाताको चाहना र गुनासो सुन्दै मोक्तानले जन चाहना अनुसार कार्य गर्ने बताईन् । घरदैलो कार्यक्रममा गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।







