डिना र सिंहको वडामा एमाले उम्मेदवार थापा र श्रेष्ठको आक्रमक प्रचार
मकवानपुर । नेकपा एमालेका उम्मेदवारहरु गठबन्धनतर्फका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहको वडामा आक्रमक रुपमा अघि बढेका छन् ।
एमालेका तर्फका मकवापुर प्रतिनिधि सभा क्षेत्र नम्वर– १ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले हेटौंडा–२ का हरेक टोलमा आफ्ना प्रचार प्रसारको कामलाई तिब्र रुपमा अगाडी बढाएका छन् । सत्ता गठबन्धनलाई कठपुतलीको संज्ञा दिदै एमालेबाट उम्मेदवार बनेका थापा र श्रेष्ठले आफुहरु सूर्यचिन्हबाट विजयी हुने बताउँदै मतदाता भेटघाटलाई तिब्रता दिदै आएका हुन् ।
बुधवार नेवार समुदायका बाहुल्यता रहेको हेटौंडा –२ मा थापा र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार एकलाल श्रेष्ठलाई त्यहाँका नेवारहरुले ‘सगुन’ खुवाएर भव्य रुपमा स्वागत गरेका थिए । सबैभन्दा धेरै नेवार समुदाय बस्ने २ नम्वर वडामा थापा र श्रेष्ठलाई स्वागत गर्दै त्यहाँका नेवारहरुले एमालेका उम्मेदवारहरुलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।







