मकवानपुरमा तीन दशकदेखी खतिवडाकै रजगज
मकवानपुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनले मकवानपुरमा चुनावी सरगर्मी बढाएको छ । प्रमुख राजनितीक दलका नेताहरुदेखि सानादल र स्वतन्त्र व्यक्तिको उम्मेदवारीले झनै चुनावी रौनक बढाएको छ ।
बागमती प्रदेशकै राजधानी समेत रहेको मकवानपुरमा मंसिर ४ मा हुने निर्वाचन निकै रोचक हुने देखिन्छ । दुईवटा निर्वाचन क्षेत्र मात्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएसंगै समान्य चिया पसलदेखि चौतारसम्म अब कस्ले बाजी मार्ला भन्ने चर्चा समेत सुरुभएको देखिन्छ ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये प्रतिनिधिसभा सदस्यका लागि २६ र प्रदेशसभाका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन । त्यसमध्ये पनि प्रतिनिधिसभा क्षेत्र नं २ मा सबैको चासो देखिन्छ । सो क्षेत्रमा प्रमुख राजनितिक दलबाट सत्ता गठबन्धनमा आवद्ध रहेका नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उम्मेदवारी दिएका छन । त्यस्तै नेकपा एमालेको तर्फबाट बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला चुनावी प्रतिस्पर्धामा होमिएका छन ।
खतिवडा लामो समय नेकपा एमालेबाट राजनिती गरेर हाल नेकपा एमाले विभाजन भएसंगै बनेको नयाँ नेकपा एकीकृत समाजवादी पार्टीमा रहेका छन । ०४६ सालपछि भएका सबै निर्वाचनमा एमालेर्तफबाट खतिवडा विजयी हुँदै आएका थिए । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडालाई आफुनै पुरानो पार्टीका नयाँ युवा नेतासंग प्रतिस्पर्धा गर्नुपर्ने स्थितीले पनि उनीमाथी थप चुनौती देखिन्छ ।
२०४८ साल अघिको युवा पुस्ताले निरन्तर जिताउदै आएका उनलाई उक्त पुस्तबाट पनि पछी नयाँ आएका पुस्ताले पनि २०५१, २०५६ र २०७४ मा समेत जिताएको भन्दै अब नयाँ युवालाई अबसर दिनुपर्ने चर्चा सुरु भएपछि उनी अत्तालिएका देखिन्छन ।
खतिवडा २०४८, ०५१, ०५६ र ०७४ गरी ४ औ पटक निर्वाचित सांसद बने । उनी मंसिर ४ मा हुने निर्वाचनमा ५ औ पटक संसद बन्ने दाउमा लागेका छन । २०७४ पछि नेकपा एमाले भित्र आएको राजनितिक विचलनको कारण पार्टी विभाजन हुदाँ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका उनी सांसद भएको ३० बर्षपछि स्वास्थ्यमन्त्री बन्ने अवसर पनि पाएका नेता हुन । उनी पहिलो पटक फरक दलबाट पहिलो पटक सत्तारुढ गठबन्धनको साझा उम्मेदारको रुपमा चुनावी मैदानमा होमिएका छन । खतिवडाकाको आफ्नै पाटीको मत भने न्युन रहेको छ । एकातर्फ एमालेका युवा नेताको पहिलो चुनावी प्रतिस्पर्धामा डेवयु अर्को तर्फ नेकपा माओवादी र नेकपा कांग्रेसकै भर पर्नुपर्ने स्थितीले पनि उनीमाथी थप दवाव सिर्जना गरेको देखिन्छ ।
गत स्थानीय निर्वाचाको मत परिणामलाई फर्केर हेर्दा :
मकवानपुर क्षेत्र नं २ अन्तर्गत थाहा नगरपालिका, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर, मनहरी, कैलाश, गाउँपालिकाहरु सहित हेटौंडा उपमहानगरपालिका पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा रहेका छन ।
गत बैशाख ३० मा भएको स्थिानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई हेर्दा एमाले पहिलो देखिन्छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरुको मत ३६ हजार ९६२ पाप्त गरेका थिए । भने सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारको मत ३४ हजार २ सय ३६ पाप्त गरेको थियो । यस्तै माओवादी केन्द्रका उम्मेदवारले २२ हजार ६७७ मत प्राप्त गर्दा एकीकृत समाजवादीको मत भने २ हजार ८८ प्रप्त गरेको थियो ।







