दार्चुलाबाट एमालेको चुनावी अभियान सुरू,ओली ४० जिल्ला पुग्ने

अखबार हब
२०७९ कार्तिक १८, शुक्रबार १०:१८

काठमाडौँ । नेकपा एमालेले आजबाट चुनावी अभियान सुरू गर्न लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर आज चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ।

ओलीले आज खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन्। आजदेखि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको हो।

एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। एमालेले मुख्य प्रचारकका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति पनि निर्वाचन आयोगबाट लिइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*