मेरो उम्मेदवारी दोहोरिएको जनताको अबस्था बदल्न हो : छिन्तु
मकवानपुर । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ को (क) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) ले आफुले प्रदेशसभा सदस्य बन्दै जनताको अबस्था बदल्नको लागि जनताबाट अनुमोदन हुन दोहोरिएर उम्मेदवारी दिएको बताएका छन् । उनले आज बागमती गाउँपालिका ८ साततलेका मतदातालाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।
जनताको लागि जनताले नै शासन गर्ने ब्यवस्था बदल्नको लागि जनयुद्ध र जनआन्दोलन हुँदै २०६४ को निर्बाचनसम्म आइपुग्दा राज्य ब्यबस्था बदल्न उम्मेदवारी दिएको र सोही अनुसार कार्य सम्पन्न गरिएको र अब उक्त ब्यबस्थालाई संस्थागत गर्नको लागि आफुले उम्मेदवारी दिएको जनाए । त्यसैगरी अहिले भने ब्यबस्थामा टेकेर जनताको अबस्था बदल्नु आफ्नो मुख्य कार्यभार भएको उनको भनाई छ। जनताले ब्यबस्था बदल्नको लागि शरिरमा घाउ, छर्रा, चोट बोकेर भोको पेट समेत हिडेर ल्याएको बलिदानीबाट प्राप्त ब्यबस्थाको कारण आज समाज जातीय र बर्गिय बिभेद अन्त्यको जग भने बसेको बताउदै उनले अब भने पिल्लर हालेर जनतालाई खाना, नाना, छाना, शिक्षा, स्वास्थ्य र रोजगार उपलब्ध गराइने बताए। आफुहरुले ज्यानको बाजी थापेर ल्याएको परिबर्तनको जगमा जनतालाई खुसी दिने वातावरण बनाइने उनले जनाए ।
बागमती गाउँपालिका वडा नम्बर ८ की गठबन्धन संयोजक बिष्णुमाया तिमल्सिना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विजय गौतम, प्रमिला पुलामी लामा, बागमती प्रदेश सदस्य जिवन गोले, नेपाली काँग्रेसका लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संयोजक दामोदर खनाल लगायतको आतिथ्य रहेको कार्यक्रम लोकतान्त्रिक बाम गठबन्धन बागमती गाउँपालिका ८ नम्बर वडा संयोजक विष्णुमाया तिमल्सिनाको अध्यक्षतामा भएको थियो ।







