सानोपोखराबाट खैरो हेरोईन सहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित तीन युवकलाई पकाउ गरेको छ । हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोईन सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
बिशेष सुचनाको आधारमा ना.४८ प.९००५ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हेरोईन १ ग्राम ४६० मिलि ग्राम र सानो डिजिटल तराजु १ थान बरामद गरिएको कार्कीले बताए । तिनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको उनले बताए ।







