गठबन्धनलाई निर्धक्क भएर भोट हाल्न बिरोध खतिवडाको आग्रह

अखबार हब
२०७९ कार्तिक १४, सोमबार २१:१३

मकवानपुर । मकवानपुरको क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का स्थायी समितीका सदस्य विरोध खतिवडाले नेपाली कांग्रेसले मकवानपुरमा गठबन्धनको पचास प्रतिशत हिस्सा पाएकाले निर्धक्क भएर जिताउन लागिपर्न कांग्रेसका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको मार्खु, सिमलाङमा नेपाली कांग्रेस थाहा नगर समितीका सभापतिसहितका पदाधिकारी र १२ वटै वडाका सभापतिहरुलाई सम्बोधन गर्दै नेता खतिवडाले यस्तो आग्रह गरेका हुन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा केन्द्रीय गठबन्धन रहेको छ । खतिवडाले भने,‘गठबन्धनबाट कांग्रेसले मकवानपुरमा कांग्रेस ५० प्रतिशत हिस्सा पाएकाले निर्धक्क भएर गठबन्धनमा रहेका उम्मेदवारलाई भोट हालेर जिताउन आग्रह गर्दछ ।’ खतिवडाले थाहा नगरपालिकाका विकासका योजनाहरुमा आफ्नो नेतृत्व रहेको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउँने प्रष्ट पारे ।

खतिवाडले आफ्नो पार्टीबाट उम्मेदवार नभएपनि देशको आवश्यकताको कारण गठबन्धनको उम्मेदवारलाई आफ्नो उम्मेदवार ठानी इमान्दारीपूर्वक जिताउन लागिपर्न कांग्रेसका अगुवाहरुलाई आग्रह गरे । ‘हाम्रो पार्टीबाट उम्मेदवार छैनन् भनेर निराश हुनुपर्दैन ।’ खतिवडाले भने यो गठबन्धन पाँच वर्ष टिकिरहने भएकाले ढुक्क भएर गठबन्धनलाई जिताउन सबैजना लाग्नुहोला ।’

यस्तै,प्रदेशसभा (क) का उम्मेदवार कुमारी मोक्तानले आफू प्रदेश सरकारमा रहँदा थाहा नगरको विकासका लागि सदैव लागिपरेको बताइन् । स्थानीय तहमा देखा परेका केही मनमुटावलाई अन्त्य गरेर गठबन्धनलाई जिताउन मोक्तानको आग्रह छ । ‘स्थानीय तहको चुनावमा बेला केही मनमुटाव भए होलान् ।’ मोक्तानले भनिन्,‘ति सबै तितामिठा कुराहरु बिर्सिएर अब गठबन्धनलाई जिताउन सक्रिय हुनुहोला ।’

यसमा तपाइको मत

Your email address will not be published.


*