एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको विकास सम्भव छैन : बर्तौला
मकवानपुर। मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले एक थान मन्त्री बन्न आफ्नै घरमा आगो लगाउनेबाट मकवानपुरको विकास सम्भव नभएको बताएका छन् ।
आज मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ गोगने स्थित कार्यकर्ता भेटघाट् कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री पाउका लागि जे पनि गर्ने र कामै नगर्नेबाट फेरी पनि आस गर्न नसकिने बताएका हुन् । कैलाश क्षेत्रमा आज पनि माध्यमिक तह अध्ययन गर्न भौगोलिक तथा बर्षाका कारण समस्या रहेको बताउदै उनले पालिका स्तरीय एक आवसिय विद्यालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफु एक थान सांसदको फुलि लगाउन नभै जनताको सेवा गर्न उम्मेदवार बनेर घरदैलोमा आइपुगेको बताए । घर्तिखोलाबाट डाँडाबास हुँदै डाँडाखर्क भार्ताबाट मनहरी सडक स्तरोन्नति गर्न आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताए। यहि सडक खण्डको गोगने कालिकाटार खण्ड जोड्ने सडक पनि सतरोन्नती गर्ने बताए ।
कार्यक्रममा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नमबर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले एमालेले यो निर्वाचन जितेपछी अहिले पाउदै गरेको ४ हजार सामाजिक सुरक्षा भत्ता बढाएर ५ हजार पुर्याउने बताए। आफुले सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न भुमिका खेल्ने बताए।







