छठ हेर्न गएका किशोरको छुरा प्रहार गरी हत्या
झापा । छठ हेर्न गएका एक किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति उर्लाबारीस्थित मावा खोलामा छठ पर्व हेर्न गएका झापाको दमक नगरपालिका १० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको हो ।
छुरा प्रहारबाट घाइते भएका डियुजको उर्लाबारीस्थित गोदावरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनीमाथि राति करिब १०ः३० बजेतिर छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार छुरा प्रहार गर्नेको पहिचान हुन बाँकी छ । अनुसन्धानका लागि प्रहरीले डियुजसँगै गएका साथीलाई नियन्त्रणले लिएको छ ।







