जुवा खेलेको आरोपमा झन्डै ८ लाखसहित ६ जना पक्राउ

अखबार हब
२०७९ कार्तिक १२, शनिबार १६:५३

ललितपुर । जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने होमकुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयासहित पक्राउ गरेको हो।

उनीहरूबाट रातो रङको क्वाइन २३ थान, तास, कालो रङको क्वाइन २२ थान, सेतो क्वाइन १८ थान र ३ वटा गाडीसहित पक्राउ गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*