मकवानपुरको थाहामा एक घरमा आगलागी

अखबार हब
२०७९ कार्तिक ७, सोमबार १०:१०

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–६ स्थित मेगराज बलामीको तिनतले पक्की घरमा आगलागी भएको छ । अचानक बिजुली सर्ट भई आगलागी भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरी चौकी बज्रबाराही बाट आगलागी भएको घर प्रहरी ,स्थानियबासी, बारुणयन्त्रको सहयोगमा आगो गएराती नियन्त्रणमा लिइएको थियो । आगलागीमापरी घर, अन्नपात, लत्ताकपडा जली नष्ट भएको भएको प्रहरीले जनाएको छ । मानविय र चौपायामा क्षती नभएको प्रहरीले जनाएको छ । क्षतिको रकम हाल एकिन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*