मामाघर नेपालको सहयोगार्थ हेटौंडामा अनविज्ञ ब्यान्डको देउसी भैलो

अखबार हब
२०७९ कार्तिक ५, शनिबार १७:२४

मकवानपुर । अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको हेटौंडाको मामाघर नामक संस्थाको सहयोगार्थ देउसी भैलो आयोजना हुने भएको छ ।

हेटौंडामा रहेको अनविज्ञ ब्यान्डले मामाघर नेपाल मकवानपुर संस्थालाई सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गर्न लागेको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सोमबार लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसीभैलो खेलिने अनविज्ञ ब्यान्ड मकवानपुरका अभिभावक पर्वत जङ्ग गुरुङले जानकारी दिए ।

हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चौकीटोल, कामने, क्याम्पाडाँडा लगायत विभिन्न ठाउँमा देउसी भैलो खेलिने बताए । विगत १० बर्षदेखि खेलिँदै आएको देउसी भैलो यसबर्ष अभिभावक बिहिन भान्जलाहरूलाई आश्रय दिइरहेको मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले १० जनाको टिममा देउसी भैलो खेल्न लागेको हो । देउसीभैलोबाट करिब १ लाख ५० हजार रुपैयाँ उठ्ने अनुमान गरेको छ । यस्तै देउसी भैलोमा ७० हजार रुपैयाँ खर्च हुने बताएको छ ।

अनविज्ञ ब्यान्ड मकवानपुरका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले जिल्लामा पहिलो पटक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले युवाहरुले सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले देउसी भैलो गर्न लागेको बताए । विगतमा विभिन्न परिस्थिति तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आइरहेको भएपनि अभिभावक विहिन भन्जाहरुलाई आश्रय दिइरहेको मामाघरलाई पहिलो पटक सहयोगार्थ देउसी भैलो कार्यक्रम गर्न लागेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*