भोली रवी लामिछाने थाहा नगर आउँदै

अखबार हब
२०७९ कार्तिक ४, शुक्रबार १७:४३

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवी लामिछाने भोलि मकवानपुरको थाहा नगरपालिका आउने भएका छन् ।

उनी निर्वाचनको प्रचार प्रसारमा भोलि मकवानपुरको थाहा नगरपालिका र भिमफेदी आउन लागेको उक्त पार्टीबाट मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार भरत पराजुलीले जानकारी दिए ।

लामिछानेले भोलि विहान ८ बजे भिमफेदीमा पार्टी कार्यालय उद्घाटन र बजार क्षेत्रमा आफ्ना उम्मेदवारलाई भोट माग्ने कार्यक्रम रहेको पराजुलीले बताएका छन् । त्यस्तै भोलि नै दिनको १२ बजे लामिछाने थाहानगरपालिकाको विभिन्न क्षेत्रमा उम्मेदवारसहित चुनावी लक्षित नगरपरिक्रमा गरि कोणसभालाई सम्बोधन गर्ने कायक्रम रहेको उनले बताए । उक्त पार्टीबाट मकवानपुरको क्षेत्र नम्बर १ मा टाकाराज थापा(सुरेश) उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*