सत्ता गठवन्धनलाई हराउनेगरी चुनावी मैदानमा उत्रिएका छौं–एकालाल श्रेष्ठ

अखबार हब
२०७९ कार्तिक ४, शुक्रबार १७:०५

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आफुहरु गठवन्धनलाई हराउनेगरी चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

हेटौंडा–१४ मा भएको चुनावी कार्यक्रमलाई संबोधन गर्दै हेटौंडा र यस वडाको विकास गर्ने भनेको एमालेले मात्र रहेको श्रेष्ठले बताए ।

पहिले पौडेल नेतृत्वको सरकार हुँदा भएका काम र अहिलेको सरकारले गरेका काममा धेरै अन्तर रहेको बताए । पहिले बिकासको बाढी आएपनि अहिले प्रदेश सरकारले यस वडको विकास गर्न चासो नदिएको बताए। यस ठाउँको विकासमा एमाले दिनरात नभनीकन लाग्नका लागि तयार रहेको बताए। हेटौंडालाई राजधानी बनाएसंगै यहाँको विकास दु्रत गतिमा अगाडि बढाइएको बताउँदै यसको विकासमा कुनैपनि कसर बाँकी नराख्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*