मकवानपुरका सयौं युवालाई रोजगारी सृजना गर्नेगरी काम गछौँ– महेश बर्तौला

अखबार हब
२०७९ कार्तिक ४, शुक्रबार १६:५७

मकवानपुर । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा मकवानपुर क्षेत्र नमबर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले मकवानपुरका सयौं युवालाई रोजगारी सृजना गर्नेगरी काम गर्ने बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा एमालेले गरेको निर्वाचन परिचालन कमिटीको बैठक तथा प्रचार कार्यालय उद्घाटन् कार्यक्रममा बोल्दै उनले हेटौंडामा दुइवटा औद्योगिक क्षेत्र रहेको र यहाँ उद्योग खोलेर आम युवालाई रोजगरीको अवसर सृजना गर्ने बताए । .

बेरोजगार युवाहरुलाई व्यावस्थापन गर्नका लागि औद्योगिक नीति बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । युवाहरुलाई उद्यमशिलतामा लाग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। जनताको सेवा गर्नेगरी यो पहिलोपटक उम्मेदवारी दिएको बताउँदै नागरिकको दुख, सुख, अप्ठेरो सबैमा आफु जनताको सेवक बनेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

आफुले सबैको हितका निम्ती निष्ठाको राजनीति पनि रहेकाले आफ्ना एजेण्डालाई लिएर जनताको माझमा आएको बतएका छन् । यो निर्वाचन केन्द्रीय सरकार निर्माण गर्ने निर्वाचन भएकाले यसमा सबैले ध्यान दिएर एमालेको पक्षमा मतदान गर्न आग्रह गरे। आम नागरिकको सुख, दुख भन्दा कहिले पनि बाहिर जान नसक्ने बताए। समृद्ध नेपाल निर्माणका लागि एमाले लागिपरेकाले सबै उम्मेदवारले विजय हासिल गर्नुपर्ने बताएका छन्।

मकवानपुरको सांसदका रुपमा जितेमा असाधारण रुपमा काम गर्ने बताउँदै जिल्लाको पहिचान रहनेगरी काम गर्ने उनको भनाई छ । कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लालबहादुर थापाले एमालेको जितनै आम नागरिकको लागि राम्रो हुने बताए। यस क्षेत्रको विकासका लागि आफुहरु निरन्तर जनताको माझमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*