बारामा एमालेको चुनावी तयारी आक्रामक
बारा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न नेकपा एमाले बारा आक्रामक तयारीमा जुटेको छ । २०७४ को निर्वाचनमा जिल्लाका चार प्रदेशसभासहित चारै प्रतिनधिसभामा गुमाएको एमाले यसपटक जिल्लाका सबै क्षेत्रमा जित हातपर्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएको हो ।
अघिल्लो निर्वाचनमा एमाले र नेकपा माओवादीको संयूक्त गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा होमिएको तत्कालिन नेकपाले जिल्लाका ८ प्रदेशसभा र ४ प्रतिनिधिसभा मध्य ४ वटा प्रदेशसभामा मात्रै जीत हात पारेको थियो । तर यसपटक परिस्थीति फेरिएकाले ३ वटा प्रतिनिधि सभा र ५ वटा प्रदेशसभामा जीत हात पार्ने गरि एमाले बारा आक्रामक तयारीमा जुटेको नेताहरुले बताएका छन् ।
जिल्लाका वडा वडा टोलटोल, क्षेत्र क्षेत्रमा एमाले दैनिक भेला बैठक र प्रशिक्षण कार्यक्रम गरिरहेको छ । यसरी हुने भेला बैठकबाट प्रचार समिति गठन गर्ने प्रशिक्षण दिने र कार्याकर्तालाई एमाले सरकारका पालमा भएका राम्रा र विकासका बारेमा बताउने गरिएको एमाले नेता रमेश सापकोटाले बताए । यस्ता कार्यक्रमहरु जिल्ला कमिटिको समन्वयमा जिल्लाका सबै पालिकाका वडाहरु देखी टोलटोलमा भैरहेको उनले बताए । दैनिक ५० औं भेला बैठक हुँदै आएको उनले बताए ।
आगामी निर्वाचन एमालेका लागि कठिन भएपनि जित्नै पर्ने बाध्यता रहेको पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ बाट प्रतिनीधिसमा उमेदवार ज्वाला कुमारी साहले बताईन् । उनले भनिन् ‘किनभने देशले एमाले खोजेको छ । देशले विकास खोजेको छ । एमाले विना देश अधुरो हुने छ । यो बुझेका जनता एमालेको पक्षमा ओर्लिएको अवस्था हो । यसैकारण पूर्ण तयारीका साथ एमालेलाई शक्तिशाली भएर उदाउँनै पर्ने बाध्यता छ । ’उनले बताईन् ।
आगामी निर्वाचनका लागि एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । सोही अनुसार बारा क्षेत्र नंं. १ र ४ एमालेको भागमा परेको छ, भने क्षेत्र नं.मा २ जसपालाई सघाउने छ । बारा क्षेत्र नं. ३ मा भने मित्रवत प्रतिस्पर्धा दुबैपार्टीका उमेदवार चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभाका लागि ३/३ क्षेत्रमा एमाले/जसपा एकले अर्कालाई सघाउने छन् ।
भने क्षेत्र नं.३ को (क) र (ख) मा दुबै पार्टीले आफ्ना उम्मेदवार उठाएका छन् । पार्टीले आफुसहित जसपासँग चुनावी तालमेल भएका स्थानका एकअर्काका उम्मेदवार निर्वाचित गराउँन सशक्त अभियानको तयारी गरिरहेको अर्का एमाले नेता क्षेत्र नं.१ का चुनाव प्रचार कमिटीका संयोजक पुरनदेव चौधरीले बताए ।
चुनावी तयारीलाई प्रभावकारी बनाउन जिल्लामा रहेका केन्द्रिय नेताहरु पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, जिल्ला ईन्चार्ज बलविर प्रसाद चौधरी, जिल्ला अध्यक्ष विनोद साह,अध्यानन्न पाण्डे बारा क्षेत्र नं. १का उमेदवार समेत रहेका आर्का पोलिटब्यूरो सदस्य अच्युत मैनाली, ज्वाला साह, अम्बीका चौलागाई, पुरुषोत्तम् साह लगाएतका सयौं नेता कार्यकता निर्वाचनको माहोल आफ्नो पक्षमा पार्न जुटेका संयोजक चौधरीले जानकारी दिए ।







