निर्वाचन आचारसंहिता विपरित राक्सिराङमा इन्द्र बानियाँको डोजर अभियान

अखबार हब
२०७९ कार्तिक १, मंगलवार १२:३१

मकवानपुर । मकवानपुरको विकट गाउँ राक्सिराङ गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित सडक बनाउन इन्द्र बहादुर बानियाँको डोजर अभियान सुरु गरेका छन् ।

मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँले निर्वाचन आचारसंहिता विपरित चुनाबको मुखैमा सडक निर्माण गर्नका लागि डिजेल सहयोग गरेका हुन् ।

पहिले पनि यही क्षेत्रको जनप्रतिनिधी हुँदा समेत विकासका काममा कुनै काम नगर्ने, ठुला ठेक्का लिन मात्र तम्सिने अहिले निर्वाचन आइसकेपछी सडक निर्माण गर्न आचार संहिता विपरितका काम गरेको प्रति स्थानीय वासिन्दाहरुले बिरोध जनाएका छन् ।

बानियाँले राक्सिराङ–८ मैसिराङको बाटो मर्मतको लागि १५० लिटर र राक्सिराङ–५ बुखुमको लागि ५० लिटर गरि २०० लिटर डिजेल उपलब्ध गराएर सडक निर्माणको काम गरिरहनु भएको नेपाली कांग्रेसका यस क्षेत्रका कार्यकर्ता महेश चेपाङले आफ्नो फेसबुक पेजमा तस्बिर र भिडियोसहित पोष्ट गरेका छन् । इन्द्र बानियाँ डिजेल उपलब्ध गराउने र गाउँपालिकाले मेसिन सहयोग गरेर काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले कांग्रेसका उम्मेदवार बानियाँलाई सहयोग गर्दै लोडर समेत उपलब्ध गराइएको स्थानीय वासिन्दाहरु बताउँछन् । निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता विपरित काम गरेको पाइएमा उम्मेदवारीसमेत खारेज गर्ने चेतावनी दिएको छ ।

कांग्रेस उम्मेदवार बानियाँको सहयोगमा गरिएको कामको कांग्रेस कार्यकर्ताहरुलेनै भोट फकाउन यसरी प्रचार गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*