निर्वाचन आचारसंहिता विपरित गठबन्धनको चुनावी प्रचारमा कालाखेती

अखबार हब
२०७९ आश्विन ३१, सोमबार १०:००

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको आचारसंहिता विपरित मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती चुनावी प्रचारमा लागेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता विपरित कालाखेती नेपाली मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा कांग्रेसका उम्मेदवार इन्द्र बहादुर बानियाँलाई जिताउनका लागि चुनावी प्रचारमा लागेका हुन् ।

चुनावी प्रचार प्रसारको काम र आम मतदातासंग मत माग्ने काममा हिडेको तस्बिर हामीलाई प्राप्त भएको छ । स्थानीय तहका जनप्रतिनिधीहरु कुनैपनि दलको चुनावी प्रचारको काममा उम्मेदवारलाई बोकेर हिड्नु हुँदैन ।

अध्यक्ष कालाखेती बानियाँको चुनावी प्रचारमा बिहान देखि बेलुका सम्म लागिपर्ने गरेको स्थानीयको गुणासो छ । उनी बिशेषगरी मकवानपुरको हाँडीखोला र मनहरी क्षेत्रको चुनावी प्रचार प्रसारको काममा लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*