‘निर्वाचनमा आम नागरिकको साथ पाउनेमा ढुक्क छु’– पराजुली

अखबार हब
२०७९ आश्विन २८, शुक्रबार २१:०४

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका भरत पराजुली आफ्नो जित सुरक्षित रहेको बताएका छन् ।

पुर्व सञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पराजुलीले चुनावी प्रचारको क्रममा आफ्नो उम्मेदवारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको बताउँदै आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको बताएका हुन् ।

उनले यो निर्वाचनको उम्मेदवार आफू एक्लै नभएर मकवनपुर क्षेत्र न २ का परिवर्तन चाहने सबैजना रहेको बताउँदै मंसिर ४ मा हुने निर्वाचनमा आफुलाई नागरिकले जीताएर अनुमोदन गर्ने समेत दावी गरेका छन् ।

लामो समय जनताको सेवामा लागिपरेका पराजुली उम्मेदवार भएर भोट माग्न आउँदा आफुहरुलाई खुुसी लागेको मनहरी ग्रामीण भेगका बासिन्दाले बताएका छन् । ‘भरतलाई बल्ल भोट दिन पाईने भो, सधै कस्तो छ, के छ भनेर सोध्ने आज पहिलो पटक भोट माग्न आयो‘ हर्षित हुँदै मनहरीका एक बृद्ध आमाले भनिन् ।

दोस्रो चरणको चुनावी प्रचार प्रसार अन्तर्गत आज मकवानपुरको मनहरी क्षेत्र र हेटौंडाको केही वडामा आफ्नो चुनावी प्रचार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*