हेटौंडामा पत्रकारको निःशुल्क आँखा परिक्षण
मकवानपुर । मकवानपुनका पत्रकारहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको हो ।
विहिवार विहान ९ बजेबाट सुरु भएको शिविर दिउँसो २ बजे सम्म सञ्चालन हुने महासंघका अध्यक्ष मणिराज गौतमले बताए । हेटौंडा सामूदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परिक्षण गरेका छन् ।
कम्प्युटरमा अधिकांश बस्ने भएकाले पत्रकारहरुको आँखाको समस्या थाहा पाउन महासंघले शिविर सञ्चालन गरेको हो । शिविरका करिब एक सय पत्रकार भन्दा बढीले परिक्षण गरिने अनुमान महासंघको रहेको छ ।







