यात्रुबाहक बसलाई मकवानपुर प्रहरीको ‘टाइम कार्ड’
मकवानपुर । मकवानपुर प्रहरीले यात्रुबाहक बसमा टाइम कार्डको व्यवस्था गरेको छ ।
चाड पर्वमा हुन सक्ने दुर्घटना न्युनिकरण गर्न मकवानपुर प्रहरीले यात्रुबाहक बसमा टाइम कार्ड लागु गरेको हो ।
चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरीको संयुक्त टोलीले हेटौंडा १५ चुरियामाई र मनहरीबाट पूर्व पश्चिम राजमार्ग रुटमा चल्ने यात्रुबाहक बसलाई चेकजांच गर्नुको साथै तिब्र गतिमा सवारी चलाउंदा हुन सक्ने संभावित दुर्घटनालाई न्युनिकरण गर्न र सुरक्षित यात्राको लागी सवारी साधनहरुलाई टाइम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बामदेव गौतमले बताए ।







