लागुऔषध खैरोहेरोईनसहित हेटौंडा बाट एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध खैरोहेरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रवार हेटौंडा ११ नमुना टोलबाट लागुऔषध खैरोहेरोईन १५० मि.ग्रामसहित सोहि स्थान बस्ने वर्ष २४ को बिशाल विश्वकर्मालाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा हिडिरहेका विश्वकर्मालाई खानतलासी गर्दा खल्ती भित्र प्लाष्टिकमा पुरिया बनाई लुकाएर राखेको अवस्थामा आगुऔषध खैरोहेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







