काठमाडौंको कपनमा आगलागी
काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान छ ।
दमकल तथा प्रहरीको सहयोगमा आगो निभाउने काम भइरहेको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।







