राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको कार्यालय उद्घाटन
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश कार्यालय स्थापना गरिएको छ । आज हेटौंडा १० स्थीत पार्टीले आफ्नो बागमती प्रदेश स्तरिय कार्यालयको उद्घाटन गरेको हो ।
प्रदेश कार्यालयको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सविना वि.कको प्रमुख आतिथ्यतामा भएको हो ।
पुर्व सञ्चार कर्मि रवि लामिछानेले नेतृत्व गरेको उक्त पार्टी देशका सातै प्रदेशमा आफ्नो कार्यालय स्थापना तथा निर्वाचन गतिविधिलाई तिव्रता दिइरहेको छ । उक्त पार्टीले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका पुराना नेता भनेर चिनिने भरत पराजुलीलाई निर्वाचनमा उतारको छ । पराजुली झन्डै तिन दशक नेपाली काँग्रेसको राजनिति गरेका पुराना नेता समेत हुन् । पार्टीमा धनबाद र डनबाद हावीभएको भन्दै केहि महिना पहिले उनले नेपाली काँग्रेस परित्याग रहेको घोषणा गरेका थिए ।
कार्यालय उद्घाटन कार्यक्रममा पराजुलीले कांग्रेस सहितको गठवन्धनका उम्मेदवार ‘टेष्टेड’ तथा एक्सपाएर भैसकेको कुरा आम जनताले बुझेको र आफ्नो जित निश्चित रहेको बताए । आफुले सो क्षेत्रमा लामो समय काम गरेको अनुभव रहेको भन्दै सबै दलका कार्यकर्ताहरुले यो पटक आफुलाई सहयोग गर्नेमा विश्वस्त रहेको उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा प्रदेश कोषाध्यक्ष सुरेश थापा, मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपाने, जिल्ला उपाध्यक्ष निराजन बर्तौला, सचिव राम प्रसाद आचार्य, नगर सभापति धुर्व खड्का, नगर सचिव प्रकाश गौतम, जिल्ला सदस्य सीता थापा, नवराज पौडेल, र्यापीड एक्सन टिमका जिल्ला संयोजक राममणी न्यौपाने, नगर संयोजक शिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।







