राष्ट्रपतिको कदमको समर्थन गर्दै युवा संघ सडकमा

अखबार हब
२०७९ आश्विन ५, बुधबार १६:४७

काठमाडौं । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवासंघले बुधबार दिउँसो बानेश्वरमाइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताहरुले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।

संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।

तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*