डेंगुका बिरामीले भरिए हेटौंडा अस्पतालको बेड
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । डेंगुकै कारण बिरामी भएर थलिएकाहरु अस्पतालमा भर्ना भएका छन् । डेंगुका बिरामी सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका रहेका छन् ।
बिरामी धेरै बढ्न थालेपछी हेटौंडा अस्पतालका सबै बेढ भरीएका छन् । डेंगुबाट संक्रमित भएका मध्य हेटौंडाका मात्र १ हजार ७ सय ८ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
पछील्लो २४ घण्टाभित्रमा मात्र मकवानपुरमा २१९ जनामा डेंगु संक्रमण भएको छ । मकवानपुरको जिल्ला अस्पताल, स्वास्थ्यचौकीहरु, स्थानीय निजी अस्पतालमहरुमा समेत बिरामीलाई राखेर उपचार गर्नको समस्या रहेको छ ।
गत श्रावण देखी मकवानपुरमा एक हजार ३७ जना पुरुष र ७९२ जना महिला गरी एक हजार ८२८ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। मकवानपुरमा हेटौंडाका एक जना डेंगु सक्रमणको निधन भइसकेको छ ।
उच्चतम ज्वरो आउने र शरिर गल्ने जस्ता लक्षण देख्ना साथ नजिकको स्वास्थ्य संस्थाका परिक्षण गर्न स्वास्थ्य निकायहरुले आग्रह गरेको छ । बालबालिका र वयोवृद्धाहरुलाई बढी रेखदेख गरी सबैलाई झुलको प्रयोग गर्न सरकारले आग्रह गरेको छ ।
घर वरिपरि खाल्डाखुल्टीमा रहेका पानीहरु हटाउने, पानी जम्न नदिने र झुलको प्रयोग गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । हेटौंडा क्षेत्रमा बढी रहेकाले सजग रहन आग्रह गरिएको छ ।







