अटोमोबाईल एशोशियशनले हेटौंडा अस्पताललाई एक सय डेंगु परिक्षण किट उपलब्ध गराउने

अखबार हब
२०७९ आश्विन ४, मंगलवार १९:४०

मकवानपुर । हेटौंडा अटोमोबाईल एशोशियशन मकवानपुरले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ सय वटा डेंगु परिक्षण किट हेटौंडा अस्पताललाई उपलब्ध गराउने भएको छ ।

एशोशियशन मकवानपुरले अटो वर्कसपमा जनचेतनासहित डेंगु नियन्त्रण गर्न स्प्रे छर्कने एशोशियशनका अध्यक्ष दामोदर अटलले बताए । नाडा अटो मोबाईल एशोशियशन अफ नेपालसँगको सहकार्यमा असोज ७ गते रक्तदान कार्यक्रम आयोजना गरिने अध्यक्ष अटलले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

बुधबार र बिहिबार डेंगु नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा स्प्रे छर्कने । शुक्रबार बिहान रक्तदान र दिउँसो डेंगु परिक्षण कीट हस्तान्तरण गर्ने एशोशियशनका महासचिव दिपेन्द्र उप्रेतीले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*