बकैयामा चट्याङ लागेर एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ।
सोमबार साँझ बर्षा सहित परेको चट्याङ लागेर बकैया ११ का आहाल डाँडाका अन्दाजी ५५ बर्षीय आईत सिं भोलनको ज्यान गएको हो।
उनलाई घरमा वसिरहेको अवस्थामा चट्याङ लागेको र घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले जनाएका छन्। सोही चट्याङ लागेर स्थानीय भिम बहादुर स्याङ्तानको गोठमा रहेको एउटा गोरु मरेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र शवको मुचुल्का गर्ने काम भइरहेको जनाइएको छ।







