माई च्वाइस पानी उद्योगमा खाद्यको शिल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको माई च्वाइस पानी उत्पादक उद्योग मकवानपुर वेभरेज प्रालिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले शिल गरेको छ ।
बिक्रिका लागि बजारमा पठाइएको पानीको जारमा अखाध्य वस्तु भटिएसँगै आज शुक्रवार खाद्यले उद्योगमा शिल गरेको हो ।
हेटौंडा–४ स्थीत एक पसलमा विक्रि गर्न राखेको माई च्वाइस पानीको जारमा अखाद्य बस्तु पाइएसँगै उपभोगत्ताको उजुरीको आधारमा उद्योगमा शिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख क्षितिज श्रेष्ठलले जानकारी दिए ।
पानीको जारमा अखाध्य वस्तु रहेको भिडियो राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन र्यापिड याक्सन टिमका हेटौंडा नगर संयोजक शिव क्षेष्ठले खाद्य कार्यालयलाई प्राप्त गराएसँगै आफुहरु उद्योग अनुगमणमा जादा उद्योगले पानी उत्पादनमा थप लापरबाही गरेको पाइएकोले उद्योग शिल गर्नु परेको श्रेष्ठले बताए ।
उत्पादन भएका थप पानीको जार कार्यालयले परिक्षणको लागि ल्याबमा पठाएको र परिक्षण पश्चात खाद्य नियमावली अनुसार उद्योगलाई कारवाहीको प्रकिया अघि बढाइने उनले बताए ।
माई च्वाइसको पानीमा यस अघि पनि पटक पटक अखाध्य वस्तु भेटिएसँगै उद्योग लाई खाद्य कार्यालयरले कारबाही गरीसकेको छ ।







