निलम्बित प्रधानन्यायाधीश जबरासँग पुरक बयान शुरू
काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान शुरू गरेको छ ।
पुरक बयान केहीबेर अघिदेखि शुरू भएको हो । बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको थियो ।
यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर जबरासँग सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले बिभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीवार छलफल गरेको थियो ।







