चुनावी प्रचारमा भरत पराजुली

अखबार हब
२०७९ भाद्र २८, मंगलवार २१:०३

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा भरत पराजुलीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

तीन दशक नेपाली काँग्रेसबाट राजनिति गरेका पराजुली पुर्व सञ्चारकर्मी रवी लामिछानेको नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे सँगै मकवानपुर प्रतिनिधि सभा २ बाट उम्मेदवार सिफारिस भएका हुन् ।

उक्त पार्टीका मकवानपुर सभापनि राजकुमार न्यौपानेले लामो समय काँग्रेसमा राजनिति गर्र्दै जनताको सेवामा लागेका पराजुलीलाई संघीय संसदमा जिताउन आफूलागि परेको बताए ।

‘भरत पराजुली जस्तो नेता लाई कांग्रेसले चिन्न सकेन, हामीले भेलाबाट एकल निणय गरेर सिफारिश गरेका छौ , हामी उहाँलाई जिताउँन पुराना दल भन्दा फरक तरिकाले उभिएका छौं, ‘समग्र मकवानपुरलाई कसरी नयाँ मोडेलमा विकास गर्न सकिन्छ भन्ने भिजन प्रस्तुत गरेर जनतामा जादैँ छौँ ।’–न्यौपानेले भने ।

‘हामी जे बोल्छौं त्यो पूरा  गछौं अब जनताले हामीलाई विश्वास गर्छन्, हामी देशको बेवस्ता परिर्वतनमा होइन, अवस्था परिवर्तणका लागि आएका हौँ, जनताको अवस्था कसरी परिर्वतण गर्न सकिन्छ त्यो भिजन हामी सँग छ ।’ उनले भने ।

त्यस्तै उम्मेदवार पराजुलीले स्थानीय आकांक्षीहरुबाट उम्मेदवार छनोट गर्ने पार्टीको पद्धति अनुसारनै आफू उम्मेदवार बनेको बताए । ‘सोहि विधि अनुसार उम्मेदवार बनेर चुनावी प्रचारमा लागेको छु ।’ उनले भने ।

राजनैतिक यात्रा कसैसँग बदला लिनको लागि नभएर जनताको अवस्था बदल्नको लागि भएको उनले बताए ।

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम लाई तीव्रता दिइरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरुको सहभागितामा भोलि बारा जिल्लाको कलैयामा भेलाको आयोजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*