कमल थापाले गाई नपाउने

अखबार हब
२०७९ भाद्र २१, मंगलवार २०:४७

काठमाडौं । गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ ।

सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।

राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*