बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा

अखबार हब
२०७९ भाद्र २१, मंगलवार १५:०१

मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्रै लागू हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*