मकवानपुर क्षेत्र नम्बर २ को लागि एमालेद्वारा ३ जनाको नाम सिफारिस

अखबार हब
२०७९ भाद्र १८, शनिबार २०:००

मकवानपुर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वानको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नम्बर २ को लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर २ को बैठकले ३ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरको नाम उम्मेद्वारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*