एमाले मकवानपुरले गर्यो दुई प्रतिनिधि सभा सदस्यका लागि ८ जनाको नाम सिफारिस(नामसहित)

अखबार हब
२०७९ भाद्र १८, शनिबार १६:३२

मकवानपुर । आगमी मंसिर ४ मा हुने प्रतिनिििधसभा निर्वाचनका लागि मकवानपुरका दुइ वटा क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आठ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा तर्फमा आज एमाले दुइ वटै क्षेत्रिय कमिटीले आठ जनाको नाम सिफारिस गरेको हो ।

एमालेको क्षेत्र नम्बर–१ कमिटीले प्रतिनिधीसभा चुनाबका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रिय कमिटीको हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटालाई उम्मेदवारका लागि जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

यसैगरी मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ मा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब तथा प्रचार बिभागका प्रमुख महेश कुमार बर्तौला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरिएको हो । कार्यक्रममा उम्मेदवारी दिन चाहनेले आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो । दुबै तर्फको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, भारती पाठक, अनन्त पौडेल, रामचन्द्र राई, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*